January 12, 2025, 11:44 pm
» संसद् किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा » सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति » गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु » नवलपरासीमा बालकको आँखा फुटाउने शिक्षकविरुद्ध मुद्दा दायर » बसको ठक्करबाट बालिकाको मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

कार्तिक २६, २०८१ मा प्रकाशित | १३००दर्शक तीव्रखबर

धरान : प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन्।

प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई कुलपति ओलीबाट दीक्षित गरिएको हो।

भारतका शिक्षाविद प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी छन्।

कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको थियो।

प्रतिक्रिया