January 12, 2025, 11:36 pm
» संसद् किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा » सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति » गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु » नवलपरासीमा बालकको आँखा फुटाउने शिक्षकविरुद्ध मुद्दा दायर » बसको ठक्करबाट बालिकाको मृत्यु

सस्तो मूल्यमा ल्यापटप दिने भन्दै साढे २७ लाख ठगी गर्ने एक जना पक्राउ

कार्तिक २६, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं : सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिन भन्दै ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ घर भएका २९ वर्षीय सुजन पौडेललाई २७ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। ठगीमा संलग्न रहेका व्यक्तिमध्येका पौडेललाई काठमाडौँको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो।

टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार पक्राउ परेका पौडेलसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै पीडितलाई ४० थान ल्यापटप बराबरको रु २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिएका हुन्।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको  छ।

प्रतिक्रिया