November 21, 2024, 11:49 am
» बसको ठक्करबाट बालिकाको मृत्यु » राजस्व संकलन १७ प्रतिशतले बढ्यो » नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै » Nepal-India military cooperation talks today » जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय

बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ

कार्तिक २५, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

धुलिखेल : बुबाको हत्या गर्ने छोरा १५ दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका-७ धारापानी स्थित पुजारी थुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठ रहेका छन्।

७४ वर्षीय बल बहादुर श्रेष्ठलाई अंशबारे भएको विवादपछि छोराले आग्लोले हानेका थिए। आग्लोले हानेर बुबा ढलेपछि घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार राति खाना खाएपछि रामलालले बुबासँग अंश माग गरेका थिए। बुबाले सबै भाइलाई बोलाएपछि मात्र अंश दिने बताएका थिए। यसै विषयमा बाबुछोराबीच भनाभन भयो। त्यस लगत्तै छोराले हँसिया उठाए। तीन/चार पटक बाबुको अनुहारमा प्रहार गरे। त्यसपछि ढोकामा भएको आग्लो निकालेर हाने। बुबा ढलेपछि घाँटी थिचेर हत्या गरे। हत्या गरेर फरार भएका उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया