January 8, 2025, 7:45 am
» वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी » बुद्ध एअरको विमान दिनहुँ गन्तव्य नपुग्दै ‘डाइभर्ट’ » ऋषिकेशपत्नी अञ्जला अदालतमा उपस्थित » सडकका सब-इञ्जिनियर बर्खास्त » पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

ढाकास्थित दूतावासले नेपालीलाई भन्यो – अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु

साउन २, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ ।

बुधवार सूचना जारी गर्दै दुताबासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो ।

राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

अहिलेसम्म भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ, जसमा ३ जना विद्यार्थीहरू रहेका छन् । सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन चर्किएको हो ।

आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिग बिच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन् ।

प्रतिक्रिया