February 23, 2025, 8:29 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु, २३० घाइते

साउन २, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५  जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ।

नङ्गरहारको सूचना तथा संस्कृति विभागले  घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरुको ज्यान गएको पुष्टि गरेको छ। विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई  उद्धार गरी नङ्गरहार केन्द्रीय  तथा  प्रान्तीय अस्पतालमा लगिएको छ।

प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको सङ्केत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्यायाएको छ। यद्यपि, स्थानीय अधिकारीहरूले तथ्याङ्क अझ बढ्न सक्ने बताएको  खामा प्रेसले जनाएको छ।

प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ। रासस

प्रतिक्रिया