September 8, 2024, 3:21 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

सिन्धुलीमा ३ वर्षमा दैविकप्रकोपमा परेर ३४ जनाको मृत्यु

साउन २, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

सिन्धुली : सिन्धुली जिल्लामा २ सय ८१ वटा दैविप्रकोपका घटनाहरू घटेका छन्। ती घटनामा जिल्लाका ३४ नागरिकको ज्यान गएको छ भने २ सय ८२ घरगोठमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको त्रिवर्षिय दैवि प्रकोपको तथ्यांकअनुसार प्रकोपमा परी २ जना बेपत्ता भएका छन् भने १५ जना घाइेत भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९, ०७९/०८० र ०८०/०८१ मा विभिन्न प्रकारका २ सय ८१ वटा दैविप्रकोपका घटनाहरू घटेका उल्लेख गरे।

‘आगलागी, बाढी र पहिरो, ढुवान तथा बाढीले बगाएको, चट्याङ, जनावरको आक्रमण र हुरीबतासका गरी तिन वर्षको अवधिमा २ सय ८१ वटा दैविप्रकोपका घटनाहरू घटेका छन्। ती घटनामा परी ३२ जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता छन्,’ उनले भने।

काफ्लेका अनुसार जिल्लामा आगलागीका १ सय ६७ वटा घटना घटेका छन्। जसमा २ जनाको मृत्यु भएको छ भने ८ जना मानिस घाइते भएका छन्। आगलागीमा १ सय ३२ घर र ६० गोठ जलेर नष्ट भएको छ। आगलागीमा  १३ वटा चौपायाको जलेर मृत्यु भएको छ भने ३ सय २७  चौपाया घाइते भएका छन्।  ‘यस्तै बाढीपहिरोका ३१ घटना घटेका छन्। ती घटनामा ३ जना मानिसको मृत्यु भएको छ भने १ जना बेपता भएका छन्। ३ वटा घर र २ वटा गोठमा क्षति पुगेको छ,’ उनले थपे।

बाढीको डुवान तथा नदीले बगाएका २३ वटा घटनामा २२ जना मानिसको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। जिल्लामा तीन वर्षको अवधिमा चट्याङबाट ४ वटा घटना भएको छ।

जसमा ४ जना मानिसको मृत्यु भएको छ भने ३ जना मानिस घाइते भएका छन्। चट्याङबाट एउटा घर र २ वटा गोठमा क्षति पुगेको छ।यस्तै जंगली जनावरको आक्रमणबाट ४३ घटना भएकोमा एक जनाको मृत्यु भएको छ भने १ जना मानिस घाइते भएका छन्। जंगली जनावर हात्ती लगायतले ४६ घर र ३ वटा गोठमा क्षति पुर्‍याएका छन्।

हुरीवतासवाट ३१ वटा घट्ना भएकामा ३२ घर र १ गोठमा क्षति पुगेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए। प्रहरी प्रमुख काफ्लेका अनुसार जिल्लामा आगलागीका घटना धेरै भएका छन् भने बाढी र पहिरोबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। यस वर्षको मनसुनमा जिल्लामा हालसम्म कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया