February 23, 2025, 8:50 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

ओमान नजिकैको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

साउन २, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

जुलाई १५ मा एक तेल ट्याङ्कर पानीजहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो। जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा थियो।

ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो। जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन्।

यो जहाजको नाम ‘प्रेस्टिज फाल्कन’ हो। जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका छन्। बीबीसी

प्रतिक्रिया