February 23, 2025, 5:11 am
» जलविरे नजिक त्रिशुली नदीमा शव भेटियो » प्रधानमन्त्री ओलीको आज ७४औं जन्मदिन » विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री » आज सुनचाँदीको मुल्य कति पुग्यो ? » फ्रान्सको मिलोस शहरमा चक्कु प्रहार: एक जनाको मृत्यु, दुई प्रहरी घाइते

बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

कार्तिक १८, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौँ । दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । मन्दिरमा  बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

तिहारको मुख्य दिन आज भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्दछन् । भाइटीकाको शुभ साइत ११:३७ बजे भएपनि बालगोपालेश्वर मन्दिर बिहानै खुलेको छ ।

प्रतिक्रिया