February 23, 2025, 8:34 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम पुन: थाल्यो

साउन २, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुन: सुरु गरेको छ। उच्च अदालत पाटनबाट आदेश आएसँगै महानगरपालिकाले न्यूरोडमा सडक भत्काएर बुधबारबाट फुटपाथ विस्तारको काम थालेको हो।

यस अगाडि सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच आपसी समन्वयन नहुँदा विवाद भएको थियो । मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दायाँबायाँ सडक काटेको थियो । महानगरको कदम कानुन विपरित भएको भन्दै सडक डिभिजन कार्यालयले उक्त क्षेत्रको सडक मर्मत गर्दै पुन: कालोपत्रे गरेको थियो।

विवादका बीच रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वयको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरे बमोजिमको अन्तरिम आदेश दिएपछि पुन : विभागले गरेको पिच भत्काएर काम अगाडि बढाइएको हो। आज डोजर लगाएर सडकको दायाँबायाँ भत्काउन थालिएको छ ।

प्रतिक्रिया