January 15, 2025, 8:50 pm
» सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ » आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सहकारीको लहरो गर्जियो ! ‘छानविनमै कार्यकर्ता उतार्नु अपराधलाई राजनीतिक संरक्षण दिनु हो’

कार्तिक ६, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं, ६ कात्तिक । केपी ओली सरकार बनेको ३ महिना पुग्दा नपुग्दै धरमराउन थालेको छ । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्।

माओवादी केन्द्रका अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् ।

विपक्षी दलहरुद्धारा बुझाइएको ज्ञापनमा एमाले र नेपाली काँग्रेसले मिति २०८१/०३/१७ गते मध्यराती ७ बुँदे सम्झौता गरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाइ तीब्रता दिने विषय सार्वजनिक गरेको भएपनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको उल्लेख छ ।

कांग्रेस र एमालेको सरकारले आर्थिक उन्नति र विकासको लागि प्राथमिकता दिनुको साटो राजनीतिक स्वार्थ साँधेर एकअर्काप्रति दोसारोपण गरी आफू पन्छिने काम गरिरहेका छन् ।

कांग्रेस र एमाले ठुला दुई दल मिलेर बनेको सरकारले नत बाढिपिडितलाई राहत दिनसकेको छ नत बस्ने बासको व्यवस्थापन नै गर्न सकेको छ । सत्ता लम्बाउन कहिले दुर्गा प्रसाइ त कहिले रवि लामिछानलाई पक्राउ गरेर तमासा देखाइरहेको आरोप छ ।

यी दुई ठूला दल आफ्नो स्वार्थको रवि र दुर्गा प्रसाईलाई पक्राउ गरेर आफू तल पर्ने काम गरिरहेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेर रास्वपा कार्यकर्ता तताउने भन्दा अन्य काम गर्न सकेको छैन ।

सहकारी ठगी काण्डमा कांग्रेस नेता धनराज गुरुङ र एमालेका नेताहरु लाग्दा सत्ताको आडमा छुटकारा दिने तर रवि लामिछानेलाई भने पक्राउ गरेर कसैलाई काख कसैलाई पाखा गर्ने काम भइरहेको छ ।

अहिले राजधानीदेखि देशका विभिन्न भागमा रवि लामिछानेको पक्षमा नारा जुलुस घन्किरहेको छ । त्यसको अर्थ हो रवि लामिछानेमाथि हुन लागेको छानबिनलाई प्रभावित बनाउनु ।

रविलाई निर्दोष सावित गर्न देशैभरी रवि लामिछानेका कार्यकर्ताले ‘रवि आउँ देश बचाउँ सहकारी ठगी काण्ड झुठ्ठा हो भन्ने जस्ता नारा लगाइरहेका छन् ।

सहकारी पिडितले न्याय कहिले पाउने प्रश्न खडा भएको छ । रविका कार्यकर्ताहरुको हर्कत देख्दा रविलाई ठुला राष्ट्रवादी नेता बनाइरहेको भान हुन्छ । त्यसले गर्दा जनताको नजरमा कांग्रेस र एमाले गिर्दै गएका छन् ।

सहकारी काण्डमा मुछिएका नेताहरुलाई सरकारले छानविन गर्न खोज्दा पार्टीका कार्यकर्ताले जोगाउनु भनेको अपराधलाई राजनीतिक संरक्षण दिनु हो । जुनसुकै पार्टीको नेता, कार्यकर्ता होस् यदि अपराध गरेको हो भने छानविन हुनुपर्छ ।

होइन भने हिजो कांग्रेस नेताहरु गोविन्दराज जोशी, खुमबहादुर खड्का, चिरिञ्जिवी वाग्ले जस्ता नेताहरुलाई भ्रष्टाचारको आरापमा कांग्रेसकै सरकारले कारबाहीको दायरामा ल्याएको थियो ।

अहिले सहकारी ठगी काण्डले देशैभरि उग्र रुप लिँदै छ । यदि साच्चिकै छानविन गर्ने हो भने कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका पुराना दलका नेता, कार्यकर्ताहरु कति कारबाहीमा पर्नेहुन् त्यो एकिन छैन ।

प्रतिक्रिया