January 15, 2025, 9:56 pm
» सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ » आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

कार्तिक ६, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं– सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक बिहान साढे ११ बजे सभामुखको कार्यालयमा बस्नेछ ।

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । अधिवेशन नभएको अवस्थामा माननीयहरू जिल्ला बाहिर हुने र समितिको कोरम पु¥याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका थिए ।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।

दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा विधेयक रहेका छन् ।

प्रतिक्रिया