November 15, 2024, 3:50 pm
» चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ » डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो » किलर ह्वेल’को उद्धार » उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा » हेलो रोबोट ! तिम्रो नाम के हो ?

एमालेको सचिवालय बैठक आज बस्दै

कार्तिक ४, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं, ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक छलफल हुने जनाइएको छ । रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै आजको बैठकमा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट झण्डै ११ रोपनी जग्गा दानका रुपमा लिएको छ । यसको पार्टीभित्रैबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाइएको जनाएको छ ।

प्रतिक्रिया