October 18, 2024, 7:32 pm
» माछापुच्छ्रे सहकारीका अध्यक्ष जेल चलान » रविलाई आइतबार अदालतमा उपस्थित गराइने » त्रिविको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन फारम भर्ने समय थप » रवि लामिछाने पक्राउ परेपछि सरकारविरुद्ध नाराबाजी » सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ परेपछि सरकारविरुद्ध नाराबाजी

कार्तिक २, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै लामिछानेलाई रास्वपा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरिएको हो।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा कार्यकर्ता र सञ्चारकमीसँग प्रतिक्रिया दिँदै लामिछानेले आफूले कुनै अपराध नगर्दा पनि राजनीतिक प्रतिशोध साध्न खोजिएको बताए। उनले न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धतासमेत जनाए। राजनीतिक पूर्वाग्रहविरुद्ध खुलेर लड्न उनको भनाइ थियो।आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीसमक्ष आफूलाई समर्पण गरेका थिए। पक्राउपछि उनका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए। पूर्वडीआइजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्क विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ।

प्रतिक्रिया