October 18, 2024, 4:25 pm
» माछापुच्छ्रे सहकारीका अध्यक्ष जेल चलान » रविलाई आइतबार अदालतमा उपस्थित गराइने » त्रिविको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन फारम भर्ने समय थप » रवि लामिछाने पक्राउ परेपछि सरकारविरुद्ध नाराबाजी » सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

कार्तिक २, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार ‘मर्दा’ आफूलाई जुठो परेको टिप्पणी गरेका छन् ।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पक्राउका लागि प्रहरीलाई अनुमति दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

अहिलेलाई सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर,  मलाई  न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ,’ लामिछानेले फेसबुकमा लेखेका छन्, ‘प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।’

उनले सत्तारुढ दलहरूको दिनगिन्ती सुरू भएको खुशियालीमा आफूले कानुनलाई सघाउनेसमेत प्रतिबद्धता जनाएका छन् ।

‘ठिक छ, म तपाईँहरूको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘नयाँ पुस्तालाई एक–एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरूवात तिमीहरूले गर्‍यौ, अन्त्य हामी गर्नेछौँ, नेपाली जनताले गर्ने छन्, छिट्टै गर्ने छन् ।’

प्रतिक्रिया