October 18, 2024, 11:24 am
» विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री » दिल्लीमा आगलागीमा हुदाँ दुई जनाको मृत्यु, चार घाइते » वर्तमान सरकारमा कुनै पनि दरार आएको छैन : रामहरि खतिवडा » रविविरुद्ध आजै कास्की अदालतमा पक्राउ पूर्जी लिने तयारी » यो साता सेयर बजार २.८८ प्रतिशत बढ्यो

आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

कार्तिक २, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया