October 16, 2024, 8:45 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

अशोज २९, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

बागमती : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका-६ चौकीटोलस्थित सडकमा  हिजो साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइतेहरु विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रौतहटको चन्द्रनिगाहपुरका ४४ वर्षीय शत्रुराज सिलवाल, १५ वर्षीय भीमकुमार थापा, पाल्पाका ३६ वर्षीया ममता नेपाली, १५ वर्षीया आशिका  नेपाली, चितवनको राप्ती नगरपालिका-११ का १० वर्षीया मुना लोप्चन,  मकवानपरको हेटौँडा उपमहानगरपालिका-४ का ४५ बर्षीया सुशीला पराजुली, चितवन राप्ति नगरपालिका-११ का ३० वर्षीया ममता तामाङ, ११ वर्षीया मनिषा तामाङ, ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ का वर्षीय गणेश लामा, तनहुँको घिरिङ गाउँपालिका-२ का ३१ वर्षीया नन्दकली थापा, निजको छोरी नौ वर्षीया मिनाक्सी थापा, मोहत्तरीको बर्दिबास-५ का ३४ वर्षीय गोरेबहादुर परियार र ३० वर्षीय बिमलकुमार परियारको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

यस्तै पाल्पाको रामपुर नगरपालिका-९ का ३५ वर्षीय भीमबहादुर नेपाली, निजको छोरी १० वर्षीया अमिना नेपाली, ६ वर्षीय छोरा अङ्कित नेपाली,  चितवन राप्ति नगरपालिका–११ का ३५ वर्षीया शान्तिमाया थिङ, निजको छोरा १२ वर्षीय लख्वा दोर्जे तामाङ, निजको छोरी ११ वर्षीया सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी नगरपालिका-९ का ५७ वर्षीय तिलक बिकको पुरानो मेडिकल कलेज चितवनमा भरतपुरमा उपचार भइरहेको छ ।

साथै रौतहटको चन्द्रनियापुर नगरपालिका-४ का २१ वर्षीया तारा गुरुङ, सोही ठाउँका २५ वर्षीय पुष्कर गुरुङ, चितवनको राप्ति नगरपालिका-११ का ३१ वर्षीय चित्र तामाङ, मकवानपुरको मनहरि गाउँपालिका-६ का  १८ वर्षीया सुहाना राई, महोत्तरीको बर्दिवास नगरपालिका-५ का ३३ वर्षीय बिनोदकुमार परियार र चितवनको भरतपुर महानगरपालिका-२१ का २८ वर्षीय प्रभु सापकोटाको पनि पुरानो मेडिकल कलेज चितवन भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते बाराको निजगढ नगरपालिका-७ माझीटोल निवासी ३८ वर्षीय हरिकुमार माझी, सोही ठाउँका ३६ वर्षीय सम्झना माझी, चितवनको खैरेनी नगरपालिका-२ निवासी २९ वर्षीय प्रज्वल कुमाल र  मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ निवासी ५४ वर्षीया सिता ढुङ्गानाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

प्रतिक्रिया