October 16, 2024, 8:53 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

विजया दशमीका दिन राष्ट्रपति पौडेलले दिउँसो ३ बजेबाट साँझ ५ बजेसम्म टीका लगाइदिने

अशोज २२, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं । बडादसैँका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन अपरान्ह ३ बजेबाट साँझ ५ बजेसम्म टीका लगाइदिने भएका छन् ।असोज २६ गते शनिबारका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तिहरु र सर्वसाधारणलाई २ सिफ्टमा टीका लगाउने भएका हुन् ।राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै सो दिन अपरान्ह ३ बजेबाट साढे ३ बजेसम्म विशिष्ट व्यक्ति तथा साढे ३ बजेबाट ५ बजेसम्म सर्वसाधारणलाई टीका ग्रहण तथा प्रसाद प्रदान गर्ने हुन् ।

यस वर्षको विजया दशमी असोज २६ गते शनिबार परेको छ ।

विजया दशमीको टीकाको साइत भने बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

प्रतिक्रिया