February 25, 2025, 12:45 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

माधव नेपालको प्रश्न : गौतमबुद्ध विमानस्थल कसको दबाबमा बनाइयो ?

पुस १८, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द भएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट मुलुकले प्रतिफल प्राप्त गर्न नसकेको अध्यक्ष नेपालको भनाई छ ।

कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेकोमा जोड दिँदै उहाँले विमानस्थलको हालको अवस्थाबारे संसदीय समितिमा प्रतिवेदन बुझाउन माग पनि गर्नुभयो । ‘भैरहवास्थित गौतमबुद्ध विमानस्थल कसको दबाबमा बनाइएको हो ?’, अध्यक्ष नेपालको प्रश्न छ ।

अहिलेको अवस्थामा सो विमानस्थल चलायमान बन्न नसक्ने दावी गर्दै उहाँले त्रिभूवन विमानस्थलको विकल्प निजगढ विमानस्थलमात्र हुनसक्ने उल्लेख गर्नुभयो ।

‘पोखराको हालत त्यही, लुम्बिनीको हालत त्यही, जतिसुकै बल गर्‍यौं भनेपनि लुम्बिनी विमानस्थल जुन ठाउँमा बनेको छ त्यो चल्ने अवस्था छैन भन्ने सबैतिरबाट सुनिन्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘भारतको सिमानाभन्दा कति टाढा राख्दाखेरि त्यो हुन सक्दछ ? कहिले बनाउन सक्दा हुनुपर्दछ ? यी सबै विषयमा त्यसलाई क्षेत्रीय विमानस्थलको रुपमा संचालन गर्नु एउटा कुरा भयो । काठमाडौंको विकल्पमा बन्नुपर्ने विमानस्थलमा निजगढ हो । लुम्बिनी विमानस्थल कस्को दबाबमा बनाइयो ?’

प्रतिक्रिया