October 18, 2024, 8:50 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

सिन्धुली जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना

अशोज २२, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं : काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको छ। रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका-७ भटौंली पुलमाथि आज बिहान सवा ४ बजेतिर ना १ ज ८७८२ नम्बरको टाटा सुमो  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

अनियन्त्रित भइ सुमो पल्टिँदा सिन्धुली फिक्कल गाउँपालिका-४ का २२ वर्षीय चालक उद्धव श्रेष्ठको हात र ढाडमा चोट लागेको छ। उनको तामाकोसी अस्पतालमा उपचार भइरहेका छन्।

सुमोमा चालक र २ बच्चासहित १२ जना सवार रहेको प्रहरी कार्यालयले जनाएको छ। यात्रु सामान्य घाइते छन्। उनीहरुलाई अर्को सवारी साधनबाट गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ।

बाढी-पहिरोको कारण बीपी राजमार्गको सडक बन्द भएपछि अहिले काठमाडौं-चरिकोट-मन्थली-सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भएको छ।

प्रतिक्रिया