November 15, 2024, 7:04 am
» चीनअघि भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली » श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित » राजनीति सेवा गर्ने स्थल होः उपप्रधानमन्त्री सिंह » गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

इरानको हवाई यातायात पुनः सञ्चालन

अशोज २१, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

एजेन्सी– इजरायलले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि केही विमानस्थलमा उडान स्थगित गरिएको तर स्थितिको मूल्यांकनपछि हवाई यातायात पुनः सञ्चालन गर्ने घोषणा गरेको इरानका अधिकारीहरूले सोमबार जनाएका छन्।

इरानको नागरिक उड्डयन सङ्गठनका प्रवक्ता जाफर याजार्लूले स्थानीय समयअनुसार आइतबार राति ११ बजेदेखि पुनः उडान सञ्चालन भइरहेको र उडान तालिकानुसारभइरहेको जानकारी दिए।

इरानले गत मङ्गलबार इजरायलमाथि दोस्रो प्रत्यक्ष हमलामा करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो, जुन इरानको रिभोल्युसनरी गार्ड्सका एक जनरलसहित तेहरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिशोध थियो।

त्यसयता इजरायलले इरानको आक्रमणको जवाफ दिने बताउँदै आएको छ । इरानले सुरुमा मङगलबार रातिदेखि बिहीबार बिहानसम्म दुई दिनभन्दा कम समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

त्यसपछि उड्डयन निकायले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू सुरक्षाको कारण देखाउँदै पुनः नखुल्दासम्म ग्राउण्डेड गरिएको घोषणा गरेको थियो।

युरोपेली सङ्घ उड्डयन सुरषा निकायले युरोपेली एयरलाइन्सलाई अक्टोबर ३१ सम्म इरानी हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएको छ ।

प्रतिक्रिया