November 15, 2024, 7:18 am
» दार्चुला जीप दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो » चीनअघि भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली » श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित » राजनीति सेवा गर्ने स्थल होः उपप्रधानमन्त्री सिंह » गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

अशोज २१, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

नारायणगढ– जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना  घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३-००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडि बस्ने गरी छ जना घाइते भएको तथा घाइतेमध्ये गम्भिर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउपालिका-३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउपालिका-२ बस्ने १७ वर्षीय रश्मिशर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।

त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका-१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको रिजालले जानकारी दिए।

प्रतिक्रिया