December 22, 2024, 11:38 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार

अशोज २०, २०८१ मा प्रकाशित | १२९०दर्शक तीव्रखबर

काठमाडौँ, :  राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया एक बालिकाको उद्धार गरिएको छ ।

मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय इकाइद्वारा यही असोज १७ गते ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७’ बमोजिम नेपाली सेनासँग समन्वय गरी उद्धार गरिएको हो ।

जिल्ला अस्पताल बाजुरा, जिल्ला समन्वय समितिबाट सञ्चालित सेफ हाउसका एक जना कमर्चारीका साथ उहाँलाई प्रदेश अस्पताल, सुर्खेतमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

जिल्ला अस्पताल, बाजुराका चिकित्सक प्रकाशबहादुर बुढाका अनुसार बालिका हाडनाता करणीमा परी गर्भवती भएको र ३६ हप्ताको गर्भवती बेहोश भएको अवस्थामा उहाँको उद्धार गरिएको हो ।

सेफ हाउसका कर्मचारीका अनुसार निज किशोरी कक्षा ६ मा अध्ययनरत रहेको, आफन्त कोही पनि सम्पर्कमा नआएको र उहाँका आमा, बुबा भारतमा रहेको समेत जानकारी प्राप्त भएको छ ।

उद्धारको भोलिपल्टै पीडितले बच्चालाई जन्म दिएको र हाल आमा तथा बच्चा दुवैको अवस्था स्वस्थ रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका प्रभावकारी रुपमा सञ्चालनमा आएको छ ।

उक्त कार्यक्रम पूर्ण रुपमा १९ जिल्ला र आंशिक  रुपमा जम्मा २९ जिल्लाका (विकट स्थानीय तह) गरी जम्मा ४८ जिल्लामा लागु भैसकेको छ ।

यस कार्यक्रमअन्तर्गत नेपाली सेना तथा अन्य निजी हेलीकप्टरसँगको समन्वयमा हालसम्म जम्मा सात सय ५७ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।

प्रतिक्रिया