November 15, 2024, 6:37 am
» अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ » छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु » President Paudel arrives home attending COP29 in Baku » पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा » प्रमोदको ‘बेग्लै खुशी’ सार्वजनिक

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

अशोज २०, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं- आइतबार मात्रै प्रधानन्यायाधीशमा नियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

आइतबार मात्रै राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

यसअघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

प्रतिक्रिया