October 18, 2024, 8:47 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज १७, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

गोरखा– गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।

सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा ४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा-आँबुखैरेनी सडकको गोरखा नगरपालिका-९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका-२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

मोटसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए । 

प्रतिक्रिया