December 26, 2024, 1:45 pm
» रविसँग तीन घण्टा बयान, सहकारी ठगीमा संलग्न नभएको जिकिर » एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री » रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न » गैँडाको खागसहित एक जना पक्राउ

अर्थसहित चारवटा समितिको बैठक बस्दै

पुस ११, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समितिको बैठक बस्न लागेको हो ।

अर्थ र पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे तथा राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्त बनेको विधेयक सम्बन्धमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने तयारी छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया