October 16, 2024, 8:49 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

गर्भवतीको हेलिकप्टरबाट उद्धार

अशोज १७, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

बाजुरा, :  जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आउनुभएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका-९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँको उद्धार गरिएको हो ।

किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उहाँलाई उद्धार गरिएको हो ।

हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

प्रतिक्रिया