October 16, 2024, 8:47 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

सुनसरीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

अशोज १६, २०८१ मा प्रकाशित | १११०दर्शक तीव्रखबर

सुनसरी ।  सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो ।पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ ।

पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२ दशमलव सात मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२ दशमलव चार मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्वानुमान शाखा प्रमुख रुद्रबहादुर परियारले राससलाई जानकारी दिए ।उनका अनुसार अहिले पनि सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रका कतिपय स्थानमा भारीदेखि मध्यम वर्षा भइरहेको छ ।

आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा भारीदेखि मध्यम वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको प्रमुख परियारले बताए ।विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बूढी खोला, खेसलियालगायत स-साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू-भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह गरेको हो ।

प्रतिक्रिया