December 22, 2024, 11:51 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार

अशोज १४, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

पाँचथर – बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका-३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो ।

३० वर्षीया सुजा जबेगू र १८ वर्षीया भूमिका चौहानलाई आज एक/एक जना सहयोगीसहित काठमाडौँ पठाइएको फालेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरज पासवानले जानकारी दिए ।

पासवानका अनुसार गर्भवती सुजालाई सुत्केरीका लागि चिकित्सकले दिएको समय पुगेपनि सडक नहुँदा स्वास्थ्य संस्था जान नसकी घरमै बसेका थिए । भूमिकाको पेटमा रहेको बच्चाको तौल पर्याप्त नभएकाले सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए ।अविरल वर्षापछि असार १२ गते आएको बाढीले फालेलुङ गाउँपालिका जोड्ने हेवा खोला र फेमे खोलाको पुल बगाएपछि सदरमुकाम फिदिम तथा मेची राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको छ । मेची राजमार्गको फिदिम नगरपालिका-२ रमितेस्थित सडक भत्किएर सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया