January 31, 2025, 3:02 am
» प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची » संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बोधन गर्ने » आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने » तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

असार ३२, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

कालीकोट : राष्कोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। राष्कोट नगरपालिका-५ अन्तर्गत आर.सि.पि.बजारको सडकमा ट्याक्टर दुर्घटना हँदा चालकको मृत्यु भएको हो।

चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजादै गर्दा चालकको मृत्यु भएको नगर प्रहरी कार्यालय प्रमुख धन बहादुर शाहीले बताए। उनले भने, ‘उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा चालकको बाटैमा मृत्युभएको छ। ट्याक्टरमा सवार अन्य दुई जना पनि गम्भिर घाइते छन्।’

घाइते हुनेमा रास्कोट नगरपालिका-२ का नम सार्कीको शरिरको भित्रि भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ।

प्रतिक्रिया