January 31, 2025, 4:42 am
» नेपाल राष्ट्र बैंक: विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कतिमा हुँदैछ खरिदबिक्री ? » इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या » कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा जम्मा हुदैँ » प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची » संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बोधन गर्ने

आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने

माघ १८, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं,  । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राती भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया