January 18, 2025, 1:43 am
» चितुवाको छालासहित एक जना पक्राउ » लागूऔषधसहित ६ जना पक्राउ » चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा » भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु » शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरले गराए ध्यानाकर्षण

बलात्कारमा फसाइदिने भन्दै धम्की दिने इन्सपेक्टर विनुकुमारीमाथि छानबिन

अशोज १०, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

काठमाडौं, ।  ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेपछि छानबिन थालिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो ।

घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ ।

ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।

छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो ।

स्रोतका अनुसार हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको छ ।

प्रतिक्रिया