November 15, 2024, 7:36 am
» कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर » दार्चुला जीप दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो » चीनअघि भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली » श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित » राजनीति सेवा गर्ने स्थल होः उपप्रधानमन्त्री सिंह

कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित

अशोज ८, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन गरिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रहेको थारू विभागमा १० सदस्य मनोनयन गरेका हुन् ।
पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यस विभागको प्रमुखमा  रहेका छन् ।
मनोनयन भएका सदस्यहरूमा देवमान चौधरी, वर्दिया, हल्लुप्रसाद चौधरी, दाङ, शिवनारायण राना, कैलाली, साजनकुमार महतो, चितवन, शैलेन्द्र चौधरी, रौतहट, नमिता चौधरी, सप्तरी, वोरनारायण चौधरी, सुनसरी,  सरिता चौधरी, कैलाली, सुचि चौधरी, मोरङ र कुलमणि चौधरी, बारा रहेका छन् ।

प्रतिक्रिया