November 15, 2024, 7:50 am
» राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा सुरू » कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर » दार्चुला जीप दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो » चीनअघि भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली » श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित

सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार

अशोज ८, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश भने जारी भएको छ ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया