January 15, 2025, 2:25 am
» अर्थसहित संघीय संसदका ४ समितिका बैठक बस्दै » आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्त सफा » कृषिमन्त्रीलाई नौ किलोको काउली उपहार » नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक » देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

अशोज ४, २०८१ मा प्रकाशित | ११००दर्शक तीव्रखबर

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका हुन् ।
समितिमा रम्तेलले भनेका छन्-

सूर्यदर्शनबाट भएको कारोवार बारे मलाई जानकारी भएन तर सुप्रिम वचत तथा ऋण सहकारी संस्था बुटवलबाट मेरो नाममा करीब १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरी करीब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करीब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको हो। ऋणी रवि लामिछाने पूर्व उपप्रधान तथा गृह मन्त्रि एवम् प्रतिनिधि सभाका माननिय सदस्य र करीब किस्ता तिरिएको छविलाल बन्जाडे जोशी पुर्व नायव महानिरीक्षक हुनुहुन्छ भन्नेमा म यकीन छु। सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ ।’
रम्तेलले ग्यालेक्सी टिभीको अहिलेको हालत हुनुमा लामिछाने दोषी भएको बयान दिएका छन् ।
उनले भनेका छन्-
मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो। मैले चिनेको रबि लामिछाने निज पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन् । मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु । तर निज रवि लामिछानेको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्न सक्दिन ।
निज रवि लामिछाने उँहाको पर्टीको बुटवल-नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिए । ग्यालेक्सी टिभीमा कम्तिमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरीरहेको अवस्थामा तपाईले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जि.वि. राई सँग कुरा भइसकेको छ भन्नु भएको थियो ।’

प्रतिक्रिया