September 19, 2024, 4:16 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

बजेट नै नभएको प्रोजेक्टमा टेन्डर, दबाबमा भवन बिभागका हाकिम !

भदौ २८, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं, : । स्वास्थ्य मन्त्रालय अन्तर्गत टेकु अस्पतालमा बजेटनै नभएको एक प्रोजेक्टका लागि ३ अर्ब टेन्डर गरिएको समाचार प्राप्त भएको छ ।

समाचार स्रोतका अनुसार एक कन्ट्याक कन्स्ट्रक्सन कम्पनीले सुनसरी, ईटहरी बस्ने श्याम दोकानिया पार्टनरलाई ठेक्का देखाऐर १ अर्ब लिएको खुलासा भएको छ ।

उक्त  ठेक्का प्रक्रिया गत १ बर्ष अगाडि रद्द हुनु पर्ने अझै नभएको गुनासो सरोकारवालाहरुले अभियान टाइम्स प्रतिनिधिसँग गुनासो गरेकाछन् ।

टेकु अस्पतालमा बिना बजेट ठेक्का पार्ने कम्पनीले  जोईन भेन्चर लामा कम्पनीको सहमति बिना पुनराबेदन अदालत पाटनमा मुद्धा  हालेको समाचार स्रोतले जनाएको छ ।

उता कम्पनीका केहि ब्यक्तीले शहरी विकास तथा भवन निर्माण विभागका नयाँ डिजी मचाकाजी महर्जनलाई धाक धम्की दिएको बुझिएको छ ।

कम्पनीका एक ब्यक्तीले स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बोलाएको भनेर मन्त्रालयमा लगेर २ घन्टा अलपत्र पारेको बुझिएको छ ।

कम्पनी ती ब्यक्तीले कस्को आडमा बिभागको डिजी धम्काउने ,तर्साउने गरेकाछन् खोजीको बिषय भएको स्रोतले अभियान टाइम्स प्रतिनिधिलाई बताएको छ ।

सडक बिभाग अन्तर्गत धनकुटा,खादवारी लगायतका सडक निर्माणमा कन्ट्रयाक कन्ट्रक्सन कम्पनीले १२ बर्ष देखि काम अलपत्र  पारेको उदाहरण ताजै छ ।

उक्त कमपनीलाई कालो सुचीमा किन राखिदैन् खादवारीका जनताले प्रश्न गरेकाछन् । उल्टै पुरस्कार स्वरुप बिचौलियाहरूले बिना बजेट ठेक्का लिन्छन् । के यहि हो त सुशासन ?

त्यसो त सडक बिभागले पटक पटक पैसा खादै करिब अर्बका कामहरू १२ बर्ष देखि अलपत्र पारेर मुकर्दशक बनेको छ ।

कालो सचीमा राख्नु पर्नेलाई रातो कार्पेट बिच्छाएर उल्टै ठेक्दारलाई मुद्धामा जान कागज बनाई दिऐकोकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान पुगेको छैन् ।

त्यस्तो त सडक बिभागका बेथितिहरु जानकारी नभए जस्तै गरि अख्तियार खुद्रे , र मसिना मुद्धामा अल्झिएको आरोप छ ।

ठेक्दारहरू कालो सुचीमा पर्नु त कता कता,सेटिङ गरेर,कर्मचारीको मिलिभगतमा मुद्धामा जाने वातावरण मिलाएको आरोप छ ।

राज्यबाट अदालत मिलाई अर्बौं  लिराखेको घटना बारे सरोकारवालाहरुले चिन्ता प्रकट गरेकाछन् ।

केही पुर्ब मन्त्रीहरूले समेत हाम्रो पैसा खाएको भन्दै कम्पनीका बिचौलियाले भन्न भ्याएकाछन् ।

के उनीहरुले पैसा खुवाएकै आडमा दम्भ प्रस्तुत गरेका हुन् त ? प्रश्न खडा भएको छ । मिलिजुली राज्यको सम्पती लुटुपुटु पार्नेहरु माथी अनुसन्धान,छानबिन र कारबाही कहिले हुने ?

स्वास्थ्य मन्त्री  पौडेल र उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको नाम समेत जोडेर कम्पनीका बिचौलिया मोलमोलाईमा कुदिरहेको बुझिएको छ ।

प्रतिक्रिया