September 19, 2024, 4:12 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

मन्दिरबाटै गाँजा बिक्रि गर्ने साधु पक्राउ

भदौ २७, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागू ओैषध गाँजा बिक्रि बितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन ।
देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा बर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।
मन्दिरबाट गाँजा बेच बिखन गर्ने गरेको सुचना अनुसार ईलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा  लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा  बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको लागि  ईलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाईएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
साधु यादव हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि  लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । यस अघी गाँजा बिक्रि बितरण गर्ने एकजना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए ।

 सञ्जय मिश्रा

प्रतिक्रिया