November 9, 2024, 4:30 pm
» भेनेजुयला भ्रमण सम्पन्न गरी माधव नेपाल स्वदेश फिर्ता » रास्वपाले भन्यो : रविमाथिको कारबाही पाटीविरुद्धको षड्यन्त्र » पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज » गौतमबुद्ध विमानस्थलमा अवरतण गर्‍यो जजिरा एयरवेज » अमेरिकी डलर र युरोको भाउ बढ्यो

बलात्कारको मुद्दामा बस्नेतले पाए सफाइ

भदौ २६, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ । यो सँगै बस्नेतले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । यसअघि जिल्ला अदालत काठमाडौँले पनि खारेज हुने फैसला सुनाएको थियो । पीडित भनिएकी एक महिलाले बस्नेतबाट आफू पटक-पटक पीडित भएको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया