February 25, 2025, 6:08 am
» अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य » सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो

पूर्वराजाले कपाल कटाएको फोटो भाइरल

पुस १२, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं । आम नागरिकमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह देश तथा विदेशको भ्रमणमा सक्रिय छन् । हालै पश्चिम नेपालको एकसाता लामो घुमघाम सकाएर राजधानी फर्किएका उनी फेरि अर्को भ्रमणको तयारीमा छन् ।

यसैबीच पूर्वराजाले आज राजधानीको एक शैलुनमा कपाल कटाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । कलाकार, खेलाडीलगायत विशिष्ट व्यक्तिहरुको कपाल कटाउने गरेको ‘श्रीकृष्ण सैलुन’ मा कपाल काट्दै गरेको तस्वीर बाहिर आएको हो ।

त्यसक्रममा शैलुन सञ्चालक श्रीकृष्ण श्रेष्ठले ‘कतै टाढा सवारी भइबक्संदै छ कि !’ भनेर सोध्दा पूर्वराजा शाहले ‘केही दिनमा भ्रमणमा निस्कने’ जनाउ दिएको बताइएको छ । श्रीकृष्णका अनुसार उनले मुलुकमा फेरि राजतन्त्र पुनःस्थापित गरेर त्यसको नेतृत्व गर्न आग्रह गरेका थिए । जवाफमा शाहले ‘जनताले चाहे त्यो सम्भव रहेको’ प्रतिक्रिया दिएका थिए ।  जनआस्था बाट

प्रतिक्रिया