September 20, 2024, 12:38 pm
» रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ? » रौतहटमा फैलियो झाडा पखला » जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

पर्यटन क्षेत्र धरासायीमा : याक एण्ड यति पनि बन्द हुँदै

भदौ २३, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं, : । अरु सबै क्षेत्र ध्वस्त हुँदा पनि आशा जगाउन एक मात्र क्षेत्र पर्यटन हो ।

तर, यही क्षेत्र पनि धरासायी हुँदै गएको छ भन्ने प्रमाण देशको राजधानीको मुटुमा रहेको होटल याक एण्ड यति बिक्री गर्ने निर्णयबाट पुष्टि हुन्छ ।

दरबारमार्ग जस्तो मुख्य गन्तव्य स्थलमा रहेको याक एण्ड यति होटल संचालकहरुले अब नचलाउने निर्णय गर्दै बिक्रीका लागि ग्राहक खोजिरहेको बुझिएको छ ।

राधेश्याम सर्राफ नामका भारतीय नागरिकले ४५ वर्ष अघि खोलेको होटल सो परिवारले अब नचलाउने निर्णय गरिसकेको बुझिएको छ ।

होटलका संस्थापक राधेश्याम सर्राफको २०७८ सालमा निधन भएपछि परिवारका सदस्यहरुले होटल बन्द गर्ने कि भन्ने सोच बनाएका थिए ।

तर, नेपालको सर्वोच्च अदालतको आदेश होटल बन्द नगर्नु भन्ने रहेकाले उनीहरुले जसो तसो धान्दै आएको बुझिएको छ ।

तर, पछिल्लो समय होटल चलाएर खर्च समेत धान्न नसकिने अवस्था आएपछि भने सर्राफ परिवारले होटल बेच्ने निर्णय गरेको हो ।

काठमाडौंको मुटु नै मानिने दरबारमार्गमा ५७ रोपनी जग्गामा फैलिएको होटलको मूल्य ३० अर्ब तोकिएको बुझिएको छ ।

यत्रो मूल्य हाल्ने पार्टी भने फेला पार्नै मुश्किल भएको बुझिएको छ । दरबारमार्गमै रहेको अर्को पाँच तारे होटल अन्नपूर्ण पनि यस अघि नै बन्द भईसकेको छ ।

अन्नपूर्ण होटलले त जग्गा समेत टुक्रा टुक्रा बनाएर बेचिरहेको छ भने भाटभटेनी समूहले लगानी गरेर सुपरमार्केट प्लस होटल  चलाउने योजना अघि सारेको छ ।

होटल याक एण्ड यति रहेको भवन आफैंमा एतिहासिक हो । सय वर्ष भन्दा पुरानो बेलायती शैलीको भव्य दरबारलाई होटलमा परिणत गरिएको हो ।

जहाँ २४७ वटा कोठा छन् । स्वीमिङ पुल, ज्याकुजी, साउना, लनटेनिस, साइक्लिङ, जीम, वेलनेस सेन्टर, स्पा र क्यासिनो समेत रहेका छन् ।

होटलमा रहेको क्यासिनो भने पर्यटन मन्त्रालयले कर नतिरेको भन्दै बन्द गराईदिएको छ ।

खासमा पर्यटन मन्त्रालयले क्यासिनो बन्द गराईदिएपछि नै होटलको अधोगति सुरु भएको बुझिएको छ ।

होटल बिक्री नभए बन्द गर्ने र अन्नपूर्णले झैं जग्गा टुक्रा गरेर बेच्ने अवस्था आउन सक्नेतर्फ पनि होट संचालक सर्राफ परिवार तयार रहेको बुझिएको छ ।

प्रतिक्रिया