December 22, 2024, 11:17 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले

भदौ २२, २०८१ मा प्रकाशित | ११७०दर्शक तीव्रखबर

काठमाडौं बम विस्फोटमा परी घाईते भएका फालेलुङ-५ डाँडागाँउका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिएको छ ।

कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि स्वास्थ्यमन्त्री प्रदिप पौडेलले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका हुन ।

सो घटनामा चारजना बालबालिका घाइते भएका थिए। दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

 यसअघि ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो ।

प्रतिक्रिया