September 19, 2024, 1:20 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

अस्मिताको बयान- छोरीहरूलाई दिनुअघि आफैंले विष खाएकी थिएँ

भदौ १९, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

विराटनगर- श्रीमानले बारम्बार दिन मानसिक तनावका कारण आवेगमा आएर मोरङ सुन्दरहरैंचा-५ मालती टोलकी अस्मिता पौडेलले आफ्ना दुई सन्तानको हत्या गरेको खुलेको छ।

श्रीमान् अर्जुनले दिने तनाव थाम्न नसकेपछि आफू मर्न चाहेको उनले प्रहरीलाई बयान दिएकी छन् । आफू मरेपछि छोरीहरूको बिजोग हुने लागेर सँगै मर्न यस्तो काम गरेको उनले स्वीकारेकी छिन्।

अस्मिताले प्रहरीलाई दिएको बयानमा पहिलो आफैँ विष खाएपछि छोरीहरूलाई खुवाएकी थिइन् ।

‘सँगै मर्न पहिला विष खाएको थिँए, पेट पोल्न थालेपछि छोरीहरूलाई खुवाँए’, उनले भनिन्,‘रातदिन काट्छु र मार्छु मात्रै भनेपछि बाध्यताले यस्तो घटना गराउन पुगेँ ।’

उनले भदौ १४ गते नै छोरीहरुलाई विष खुवाएको प्रहरी समक्ष बयान दिएकी छन्। अस्मिताले पाँच दिनअघि आफ्ना दुई छोरी आइङ्का (१०) र अर्पना कार्की (३) लाई काखी च्यापेर हिँडेकी थिइन् ।

त्यसको भोलिपल्ट दुई छोरी केराबगानमा मृत फेला परेका थिए । नाबालिका मृत फेला परेको नजिकै सफाया भन्ने विषादीको बट्टा र अस्मिताको मोवाइल बरामद भएको थियो ।

प्रतिक्रिया