September 19, 2024, 11:49 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

इजरायल र हमासबीच युद्धविराम गराउन पहल गर्छु : प्रस्तावित राजदूत पण्डित

भदौ १७, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं – इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास बीच युद्धविराम गराउन पहल गर्ने बताएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले इजरायल र हमासबीच युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्ने बताएका हुन् ।

साथै उनले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताए । बैठकमा उनले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘इजरायल र हमासबीच युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्नेछौं । मेरो कलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तीमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर संयुक्त रूपमा काम गर्न सक्यौँ भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछौँ ।

प्रतिक्रिया