September 20, 2024, 4:28 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

भीम रावलको प्रश्न- टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने ?

भदौ १३, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।

उनले भनेका छन्- 

टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी । जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो ।

प्रतिक्रिया