September 20, 2024, 6:34 pm
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

फिल्म ‘रावायण’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा पल

भदौ ६, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौँ । बहुप्रतिक्षित फिल्म‘रावायण’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सनले भरिपूर्ण ट्रेलरबाट फिल्ममा पल शाहलाई एक्सन अवतारमा देखाइएको छ ।
फिल्ममा अभिनेत्री पूजा शर्मा टीभी पत्रकारको भूमिकामा रहेकी छन् । त्यस्तै अर्की अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा रहेकी छन् । ‘रावायण’ यही भदौ २१ गते अर्थात् तीजको बिदा पारेर रिलिज गरिदै छ ।
सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल, शर्मिला मल्ल लगायतको पनि अभिनय छ । एक गीतमा अभिनेत्री नीकिता चाण्डकको नृत्य गरेकी छन् ।
फिल्ममा सौरभ लामाको छायांकन शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, मिलन श्रेष्ठको सम्पादन एवं श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

प्रतिक्रिया