पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंमा झडप:ठूलो संख्यामा प्रहरी तैनाथ, निर्वाचन प्रकृया अबरुद्ध

- April 23, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । तीन दिन अधिबार सूरु भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंको निर्वाचनमा झडप भएको छ । सदस्यता र विभिन्न विषयलाई लिएर सुरु भएको सो विवाद अन्न्त नाराबाजी र धक्कामुक्कीमा पुगेको छ । नयाँ बानेश्वर व्याकुटमा भएको अहिले ठूलो मात्रामा सुरक्षकर्मी परिचालन गरिएको छ । अमेरिकामा भएका पत्ररकाको नामबाट भोट खसाले पछि सवै मतपत्र र मत पेटिका समेत अक्रोशित समुहबाट फ्याकिदिएका छन् । नेपाल पत्रकार महासंघको विधानअनुसार महाधिवेशनको ६ महिना अगाडि बन्द गर्नुपर्ने सदस्यता नेतृत्वको हस्तक्षेपका कारण विवादमा फसेको जिल्ला शाखा काठमाडौंको जारी अधिबेशन ३ दिनमा पनि सम्पन्न हुन सकेको छैन । सदस्यता विवाद र अन्य कारण आइतबार विहान १० बजेदेखि मतदान हुने भनी निर्वाचन आयोगले कार्यसूची सार्वजनिक गरेपनि सो समयमा हुन नसकेन । प्रेस चौतारी नेपालभित्रै कार्यसमितिमा सहभागी हुने र केन्द्रिय पार्षद्मा आफु निकट व्यक्तीलाई कुनै पनि हालतमा दिनु पर्ने भन्दै आ–आफ्नै अडानमा बसेका कारण तोकिएको समयमा हुन नसकेन ।
विगत दुई महाधिवेशनदेखि बामपन्थी विचारधारा बोकेका पत्रकारहरूका विभिन्न संगठनका बीचमा गठबन्धन गरेर नेतृत्व लिदै आएको थियो । सो महासंघको वर्तमान नेतृत्वले पत्रकारिता गरिरहेका पत्रकारहरूलाई भन्दा पनि विभिन्न पेसा र व्यवसायमा आबद्ध पत्रकारहरूलाई सदस्यता वितरण गरेपछि सदस्यता विवादले चरम रुप लिएको थियो ।
दुई कार्यकाल महासंघको नेतृत्व सम्हालेका वामपन्थी पत्रकारहरूले महासंघको गरिमा जोगाउनेतर्फ भन्दा पनि आफ्नो बर्चस्व कायम राख्ने तबरले सदस्यता वितरण गरेको आरोप नेपाल प्रेस युनियनले लगाएको छ । यसैबीच, शुक्रबार भएको नेपाल प्रेस युनियन, प्रेस सेन्टर र राष्ट्रबादी समुहबीच भएको गठबन्धन शनिबार राती एकाएक तोडिएको छ । सो समुहबाट राष्ट्रबादी समुहले चौतारीसंग गठबन्धन गर्न गएपछि सो युनियन र सेन्टर कमजोर भएको छ ।
काठमाडौं शाखामा युनियन कमजोर
आफुलाई लोकतान्त्रिक पक्षधर भएको वकालत गर्दै आएको नेपाल प्रेस युनियन पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंमा कमजोर देखिएको छ । सत्तापक्ष काँग्रेसको भातृसंगठनको रुपमा रहेको युनियनले सो शाखामा अध्यक्षको दाबी गरेपनि अधिबेशनका दिन पछि हटी नेपाल प्रेस सेन्टरसंग आत्मसर्मपण गर्न पुगेपछि युनियनको अबस्था सतही रुपमा आएको हो । आफुलाई बरिष्ठ पत्रकार र श्रमजीबी पत्रकारको हिमायती भन्दै सार्वजनिक भाषण गर्नेहरुकै संस्था सेन्टरसंगको मिली सदस्यमा चित्त बुझाउदै चुनबी मैदानमा गएको छ ।

यो पनि पढ्नुहोसः

महासंघमा प्रहरी, होटल व्यवसायीको पकट : नेतृत्व लिन यस्तो गर्छन् हर्कत


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!