September 20, 2024, 6:26 am
» प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान » भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! » पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित » कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु » सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

भदौ ६, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा  भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किएकी छिन् ।
मन्त्री राणालाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका थिए । सो क्रममा उनले आफूले भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ताबारे प्रकाश पार्दै भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान गरेको बताएकी छन् ।
मन्त्री राणाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरेकी छिन् ।
उनले भ्रमणको अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारत सरकारका विदेशमन्त्री डा. एश जयशंकर र सम्बद्ध सरकारी पदाधिकारीहरुप्रति धन्यवाद ज्ञापन गरेकी छिन् ।
भारत भ्रमणको क्रममा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया