February 25, 2025, 10:25 am
» गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड » नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार » ‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली » प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ

अवैध लागूऔषध सहित दुई जना पक्राउ

भदौ ५, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

काठमाडौं,  : सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ सिबगंज मेहेता टोल बस्ने ३२ वर्षीय विष्णु मेहतालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम २२ मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-११ साझाचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-११ बस्ने ४५ वर्षीय सब्यद मोबिन अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.२ प २०७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया