-चिसाङ शेर्पा
खोटाङ । खोटाङको बराहपोखरीस्थित शंखेस्वरी विधालयमा अध्ययनरत छात्रा कौशिला राईमाथी हातपात गर्ने शिक्षिकाबिरुद्ध कडा कार्वाहीको माग गर्दै चार विधार्थी संगठनले संयुतm प्रेस बिज्ञप्ती जारी गरेका छन् ।
गत फागुन ३ गते बर्ष १२ की कक्षा ६ मा अध्ययनरत राईलाई सोही बिधालयमा कार्यरत शिक्षिका कृष्णकुमारी रेग्मीले निर्घात कुटपिट गरेका थिए । होमवर्क नगरेकोप्रती बैमनस्यता जनाउदै आफ्नै बिधार्थी कुटपिट तथा मानव स्वतन्त्रता हनन् गरी गाली बेईज्जतजस्ता अमानविय कार्यमा संलग्न दोषीलाई कडा कार्वाही तथा सम्बन्धीत निकायलाई घचघचाउन प्रेस विज्ञप्ती जारी गरिएको नेपाल विधार्थी संघ क्षेत्रिय नं २ का सभापती जीवन तामाङले बताए ।
नेपालको शिक्षा क्षेत्रका गतीविधीलाई अंक गणीतिय मुल्याङकन गर्दा शैक्षिक लगानी ब्यावहारमु्खी नभईरहेको अवस्थामा शिक्षक र विधार्थीविच मैत्रीपुर्ण सम्बन्ध तथा साथीत्वको भावना नभई पुर्वाग्रह भएकोप्रती जिल्लामा क्रियाशिल विधार्थी संगठनहरुले बिरोध जनाएको हो । नेविसंघ अनेरास्वबियु, अखिल क्रान्तीकारी, समाजवादी विधार्थी फोरमद्धारा मागको सुनुवाई नभए कडा आन्दोलनमा उत्रिनेसमेत संयुतm प्रेस विज्ञप्ती उल्लेख गरेकोे छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!