September 19, 2024, 2:07 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

हेटौँडा अस्पताल प्रशासनको कार्यकक्षमा तालाबन्दी

साउन ३२, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

हेटौँडा । हेटौँडा अस्पतालमा शुक्रवार अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र निमित्त अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
निमित्त अस्पताल निर्देशक श्रीधर आर्यालका अनुसार, बिहीबार अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरूको नामावली प्रकाशन गरेको थियो। सोही नतिजाप्रति असन्तुष्ट भन्दै एक समूहले शुक्रवार तालाबन्दी गरेको हो ।
तालाबन्दी गर्नेमा अस्पतालका पुराना कर्मचारी जयराम राईमाझी लगायत ६/७ जना रहेको निर्देशक आर्यालले जानाकारी दिए । राईमाझीले भने आफूहरूलाई नियोजित रूपमा अस्पतालबाट निकाल्न खोजिएको आरोप लगाएका छन् । उनले नयाँ कर्मचारी भर्नाका लागि भएको अन्तरवार्ता पछि प्रकाशित नतिजाप्रति असन्तुष्ट रहेको बताए ।
राईमाझीका अनुसार उनीहरू साढे दुई वर्षदेखि अस्पतालमा कार्यरत छन्। “अहिले आएर नयाँ कर्मचारी भर्ना भन्दै अन्तरवार्ताबाट नियोजित रूपमा हामीलाई हटाउने काम भएको छ,” उनले भने। उनको माग छ कि सूचना सच्याइनुपर्छ र हाल काम गरिरहेका कर्मचारीहरूलाई प्राथमिकता दिइनुपर्छ।
राईमाझीले आफूहरूको मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रने तयारीमा रहेको समेत बताए । तर अस्पतालले प्रक्रिया अनुसार नै नतिजा सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया