September 20, 2024, 4:28 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

पार्टी फुट्ने हल्ला चलाइयो, आशंका र भ्रम चिरिए- प्रचण्ड

साउन ३१, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला विल्कुल निराधार भएको टिप्पणी गरेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने- ‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला विल्कुल निराधार हो । पार्टी फुट्छ भन्ने होहल्ला- प्रचार धेरै भयो, कतिपय प्रसंगमा आशंका र भ्रम पनि भए । तर यो बैठकसम्म आउदा ति आशंका र भ्रम चिरिएका छन् । खासगरी प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो बिल्कुल गलत हो । हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरमाथि जे आशंका गरिएको छ त्यो गलत हो ।’

प्रतिक्रिया